रचना र केदारको ‘गाजलु’मा वर्षा र रोशनको रोमान्स

रंग नेपाल २०७९ फागुन ६ मा प्रकाशित

काठमाडौं ।  गायिका रचना रिमाल र गायक केदार बरुवाल क्षेत्रीको स्वर रहेको ‘गाजलु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

काठमाडौं आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको ‘गाजलु’मा गायक केदारकै शब्द तथा संगीत  छ ।

श्याम श्वेत रसाइलीको मिक्सिङ  तथा मास्टरिङ  रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ ।

भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका म्याग्दीका गायक बरुवालले ‘गाजलु’ आफूले निकै नै आशा गरेको गीत भएका कारण दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छन् ।

  निर्देशक भट्टकै कोरियोग्राफी रहेको गाजलुको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने छायांकन मनप्रसाद  मर्हजनले गरेका हुन् । भिडियो केदार बरुवाल क्षेत्री अफिसियलबाट बजारमा आएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट