सरले कुटेर स्कुलबाटै भागेको छु: वरिष्ठ कलाकार श्रेष्ठ

रंग नेपाल २०७९ फागुन ५ मा प्रकाशित

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले, सरले कुट्ने डरले आफुले स्कुलबाटै भागेको स्मरण गरेका छन् । ओक्सीडेन्टल पब्लिक स्कूलद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेका बालबालिका धेरै भाग्यमानी भएको टिप्पणी गरे ।

कार्यक्रममा सहभागि हुदाँ आफुलाई सानो बेलामा गरेका काम र शिक्षकको हातको कुटाईको सम्झना आएको उनले बताए । अहिलेका बच्चाहरु शिक्षाको विषयमा भाग्यमानी भएको भन्दै उनले अहिलेका बालबालिका आफुहरुभन्दा धेरै अगाडि रहेको बताए ।

‘हाम्रो पालामा शिक्षकको अनुहार देख्दै डर लाग्ने, स्कुल नै जान मन नलाग्ने गरि धेरै कुट्ने, कहिले काँही त स्कुलबाट भागेको पनि छु ।’

दुई तीन महिनाको पैसा तिर्न बाँकी भएर स्कुल नै परिर्वतन गरेको स्मरणगर्दै उनले ९ कक्षामा पढ्दा भने गीत गाएर रमाइलो गर्ने गरेको सम्झिए । पहिला छोरा, छोरीलाई अभिभावकले सिकाउने चलन रहेको तर अहिले बच्चाहरुले अभिभावकलाई सिकाउने अवस्था आएको उनको टिप्पणी छ ।

धेरै पढिएका

पछिल्ला अपडेट