अभिनेत्री करिष्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

रंग नेपाल २०७९ फागुन ५ मा प्रकाशित

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

युट्युवमा अभिनेत्री करिष्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ परेका हुन् ।

केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । अभिनेत्री करिष्माले माघ २४ गते खनालविरुद्व साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

पक्राउ परेका खनालमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट