फिल्म ‘शहजादा’ ले प्रदर्शन अघि नै कमायो ६५ करोड

रंग नेपाल २०७९ फागुन ४ मा प्रकाशित

एजेन्सी । भारतीय चर्चित कलाकार कार्तिक आर्यन र कृति सेननको आगामी फिल्म ‘शहजादा’ ले प्रदर्शन हुनुअघि नै ६५ करोड भारतीय रुपैयाँ कमाएको छ ।

केही यसअघि मात्रै यो फिल्मले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेर १० फेब्रुअरी बाट १७ फेब्रुअरीमा सारेको थियो । फिल्मले प्रदर्शन मिति परिर्वतन गर्नुको कारण शाहरुख खानको फिल्म ‘पठान’ हो । सो समयदेखि चर्चामा आएको फिल्म हाल कमाईका कारण चर्चामा छ । साथै यो फिल्मले अग्रिम टिकट बुकिङमा राम्रो गरिरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले स्याटेलाइट अधिकार (राइट्स) बाट १५ करोड भारतीय रुपैयाँ, संगीत अधिकारबाट १० करोड भारतीय रुपैयाँ र ओटीटी प्रदर्शनको सम्झौताबाट ४० करोड भारतीय रुपैयाँ कमाएको छ । जुन फिल्मको रिलिज अगाडिको कमाइ हो । ८५ करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको यस फिल्मलाई निर्देशक रोहित धवनले निर्देशन गरेका हुन् । फिल्ममा कार्तिक, कृतिको अलावा परेश रावल, मनिषा कोइराला र रोनित रोयको पनि अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट