शाहरुखको फिल्म ‘जवान’ मा अल्लु अर्जुन अनुबन्धित

रंग नेपाल २०७९ फागुन २ मा प्रकाशित

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अनुबन्धित भएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्म जवान का निर्माताहरूले अल्लुलाई क्यामियो भूमिकामा लागि सम्पर्क गरेका छन्, यदि उनले फिल्म खेल्न मानेको खण्डमा अल्लु फिल्म ‘जवान’ बाट बलिउडमा डेब्यू गर्नेछन् । यति मात्र होइन, फिल्ममा उनको क्यामियो निकै महत्वपूर्ण हुनसक्ने बताइएको छ । यो खबर सार्वजनिक भएपछि शाहरुख र अल्लुका फ्यानहरुको उत्साह बढेको छ । ठूलो पर्दामा दुवैको सहकार्यले बक्स अफिसमा राम्रो कमाइ गर्ने प्रशंसकहरुले अपेक्षा गरेका छन् ।

दक्षिण भारतीय निर्देशक एटली कुमारद्वारा निर्देशन हुने यो एक्शन थ्रिलर फिल्ममा अन्य दक्षिण भारतीय कलाकारहरुको अभिनय रहने छ । ‘ जवान’ मा शाहरुखका अलावा नयनतारा(डायना मरियम कुरियन) , प्रियमणि (प्रिया वासुदेवमणि अय्यर) र विजय सेतुपति मुख्य भूमिकामा देखिनेछन् । अल्लु अहिले फिल्म ‘पुष्पाः द रुल’ को सुटिङमा व्यस्त छन् । फिल्मलाई दक्षिण भारतीय चर्चित निर्देशक सुकुमार बान्द्रेडीले निर्देशन गरेका हुन् । फिल्म पुष्पाको छायांकन लगभग सकिसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट