चलचित्र ‘बहाव’को फस्टलुकसँगै प्रर्दशन मिति सार्वजनिक

रंग नेपाल २०७९ फागुन १ मा प्रकाशित

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनित फिल्म ‘बहाव’को फस्टलुक सार्वजनिक भएको छ ।

सोमबार चलचित्र निर्माण टिमले चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै प्रर्दशन मिति पनि सार्वजनिक गरेको छ ।

चलचित्र अगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने उक्त फस्टलुक पोस्टरमार्फत जानकारी गराइएको छ ।

सार्वजनिक पोस्टरमा अभिनेत्री सुरक्षाले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छन् ।

प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा सुरक्षा, कमलमणिसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय रहेको छ ।

श्रीधर पौडेल निर्माता रहेको यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने छ ।

धेरै पढिएका

पछिल्ला अपडेट