‘लान्छु आज सालीको हात मागेर’ सार्वजनिक

रंग नेपाल २०७९ फागुन १ मा प्रकाशित

काठमाडौं । गीतकार हिराकाजी थापाको शब्द सिर्जनामा तयार गीत ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो सार्वजनिक भएको छ ।

ओम सुनारको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतमा खड्ग गर्बुजा र तृप्ति खड्का गुरुङको स्वर रहेको छ । सार्वजनिक कौडा गीतमा चर्चित हास्य अभिनेता बुद्धि तामाङ, वेदना राई र श्रवण थापालगायतका कलाकारको अभिनय छ ।

गीतकार थापाकै निर्देशनमा तयार सार्वजनिक गीतले गाउँ घरमा रमाइलो गर्दै कौडा खेल्दाको रमाइलो पक्ष र साली भेनाको सवाल जवाफलाई कलात्मक शैलीमा भिडियोमा कैद गरिएको छ । उत्सव दाहालको छायाङ्कन तथा प्रविन भट्टको सम्पादन रहेको गीतका निर्माता सञ्जय थापा, सरिता थापा र सञ्जित आले छन् ।

बेलायतबाट भर्चुअल माध्यममै आधा दर्जन बढी भिडियो निर्देशन गरिसकेका निर्देशक थापाको ‘लान्छु आज सालीको हात मागेर’ बोलको गीत आठौँ प्रस्तुति हो ।

धेरै पढिएका

पछिल्ला अपडेट