आँचल शर्माको हिन्दी गीत ‘तेरी मेरी दास्तान’ सार्वजनिक

रंग नेपाल २०७९ माघ २७ मा प्रकाशित

काठमाडौं । अभिनेत्री आँचल शर्मा र आरआर खड्काद्वारा अभिनित हिन्दी गीत ‘तेरी मेरी दास्तान’ सार्वजनिक भएको छ ।

नितिन चन्दले निर्देशन गरेका गीतमा आँचल र आरआरसँगै भारतीय कलाकार पारस शाह र सोनु मिश्राको पनि अभिनय छ  । गीतको कोरियोग्राफी भने सियोन श्रेष्ठले गरेका हुन् ।

यसभन्दा अगाडी धेरै सुपरहिट फिल्मको गीत गाएका गायक विनीत सिंहले यस गीतमा स्वर दिएका छन् । उनलाई प्रतीक्षा श्रीवास्तवले साथ दिएकी छन् ।

जोगेश गौरे, नवराज उप्रेती र चन्द्रबहादुर बरालले छायांकन गरेको म्युजिक भिडियाेलाई सतिश शाह र आशुतोष उपाध्यायले निर्माण गरेका हुन् । पुनीत गुरूरानीको शब्द रहेको गीतमा अभिनव मेहरले संगीत भरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट