‘लालबहादुर : द स्पार्क’ सिरिजको ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ माघ २६ मा प्रकाशित

काठमाडौं । सरोज खनाल र सुनिल थापा अभिनित सिरिज’लालबहादुर : द स्पार्क’को ट्रेलर सार्वजनिक भएको छ ।

जी मिडिया कनेक्सन प्रालिको ब्यानरमा निर्माण भएको सिरिजमा देवजंग थापाको लेखन तथा निर्देशन छ भने सिरिजका निर्माता प्रकाश आङ्बुहाङ (हाङबारे) छन् ।

चार सिजनमा ५२ एपिसोड प्रसारण हुने सिरिजको पहिलो सिजन १३ एपिसोडको रहनेछ ।

सिरिजमा खड्गबहादुर पुन (खबपु), सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिश अधिकारी, रविन विष्ट, विश्व मुखियालगायत कलाकारको पनि अभिनय छ ।

सिरिज फाल्गुन पहिलो साताबाट हरेक हप्ता प्रसारण हुने तयारीमा छ ।

https://www.youtube.com/watch?v=-StmC9g9yoI&ab_channel=GMediaConnection

धेरै पढिएका

पछिल्ला अपडेट