काठमाडौं । बलिवुडको चर्चित जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी विवाह बन्धनमा बाधिएका छन् ।
पछिल्ला केहि बर्षदेखि प्रेम सम्बन्धमा रहेका सिद्धार्थ र कियाराले मंगलबार राजस्थानको जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका हुन् । फेब्रुअरी ४ देखि शुरु भएको विवाह संस्कार मंगलबार राति सकिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सिद्धार्थ र कियाराको विवाहमा कैयौं बलिवुड सेलिब्रेटी सामेल भएका थिए । जसमा मनीष मलहोत्रा, करण जोहर, शाहिद कपुर, जुही चावला,लगायतका सेलिब्रेटीहरु सामेल भएका थिए ।
सिद्धार्थ र कियाराको प्रेमकथा २०२१ मा फिल्म ‘शेर शाह’ मा सँगै काम गरेपछि सुरु भएको थियो । फिल्मको सुटिङका क्रममा दुवै नजिक आए र पछि डेटिङ गर्न थाले । शेर शाहमा दुवैको केमेस्ट्री निकै रुचाइएको थियो । यो फिल्म अमेजन प्राइममा रिलिज भएको थियो ।