रामकृष्ण ढकालको ‘आमाको ममता’ गीत सार्वजनिक

रंग नेपाल २०७९ माघ २३ मा प्रकाशित

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘आमाको ममता’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा–बुवा र उनीहरूसँग पनि बिछोड भएपछि गर्नु परेको संर्घष देखाइएको छ।

विधान कार्कीले निर्देशन गरेको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरब पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ ।

भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादन विकास दाहाल हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट