पाकिस्तानमा फिल्म ‘पठान’ गैरकानूनी रूपमा प्रदर्शन

रंग नेपाल २०७९ माघ २३ मा प्रकाशित

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित फिल्म ‘पठान’ पाकिस्तानमा गैरकानूनी रूपमा प्रदर्शन भइरहेको छ ।

भारतीय सञ्चार माध्यामहरुका अनुसार फिल्म पाकिस्तानको शहर कराँचीमा अवैध रूपमा प्रदर्शन भइरहेको हाे । सोही कुराको जानकारी पाकिस्तानी सेन्सर बोर्डले पाएपछि एक विज्ञप्ति जारी गरेको छ । सेन्सर बोर्डले कुनै पनि फिल्मलाई आधिकारिक रूपमा सार्वजनिक गर्न अनुमति नदिएसम्म कुनै पनि फिल्म निजी रूपमा सार्वजनिक गर्न नपाइने जनाएकाे छ ।

फिल्म ‘पठान’ लाई कराँचीका विभिन्न भागहरूमा अवैध रूपमा स्क्रिनिङ गरिँदै थियो। फिल्मको स्क्रिनिङ पनि डिफेन्स हाउसिङ अथोरिटीमा भएको थियो । स्क्रिनिङको टिकट सामाजिक सञ्जालमा मार्फत नै बिक्री भइरहेको थियो। फायर वर्क इभेन्ट्स नामको कम्पनीले फिल्मको फेसबुक मार्फत ९ सय रुपैयाँमा टिकट बिक्री गरिरहेको थियो । टिकट बिक्रीका लागि सामाजिक सञ्जालमा विज्ञापन पनि दिएकाे थियो । सेन्सर बोर्डले उक्त फिल्मको टिकटकाे विज्ञापन दिने सामाजिक सञ्जालका अकाउन्टहरुको पनि छानविन सुरु गरेको छ ।

गैरकानूनी रूपमा चलचित्र प्रदर्शन गर्नेलाई ३ वर्ष कैद र १ लाख रूपैयाँ जरिवानाको समेत व्यवस्था रहेको सेन्सर बोर्डले जनाएको छ । ‘पठान’ ले अहिले भारतीय बक्स अफिसमा कीर्तिमानी कमाई गरिरहेको छ । फिल्मले भारत बाहेक विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट