३४ वर्षको उमेरमा अभिनेता पुष्पले गरे ब्रतबन्ध

रंग नेपाल २०७९ माघ १३ मा प्रकाशित

काठमाडौं  । अभिनेता पुष्प खड्काले ब्रतबन्ध गरेका छन् । पुष्पले ३४ वर्षको उमेरमा बिहीबार ब्रतबन्ध गरेका हुन् । फिल्म उद्योगमा स्थापित हुन प्रयासरत पुष्प म्यूजिक भिडिओमा चलेका मोडल हुन्।

उनले अब छिट्टै बिवाह गर्ने तयारी गरेका पनि बताइएको छ । बिवाहको तयारीस्वरुप नै उनले ब्रतबन्ध गरेका बताइन्छ । लामो समयदेखि प्रेममा रहेका पुष्पले आफ्नी प्रेमीका सार्वजनिक गरेका छैनन्। उनकी प्रेमीका फिल्म उद्योग भन्दा बाहिरकी भएको बताइन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट