६० वर्ष पुरानो फोटो प्रदर्शन

रंग नेपाल २०७९ माघ ६ मा प्रकाशित

धनकुटा । साठ्ठी वर्षअघि विदेशी फोटोग्राफरले खिचेका धनकुटाका पुराना तस्वीर प्रदर्शनी गरिएको छ ।

पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सवमा आज सुरु भएको फोटो पत्रकार महासंघ धनकुटाले उक्त तस्वीर प्रदर्शनीमा राखेको हो ।

प्रदर्शनीमा नौ विदेशी नागरिकले विसं २०१९ देखि २०२९ सम्म खिचेका ५२ पुराना तस्बिर र धनकुटाका पर्यटकीय गन्तव्यसहित एक सय चार तस्वीर प्रदर्शनीमा राखिएको छ ।

विदेशी नागरिक ब्राइन कोक, जे क्रस, पिटर भोन मेर्टेन्स, बिल हेन्सन, रिच फ्यू, बव निकोलस, जेम्स स्कोट, भोन मेर्टेन्स र डान प्रिसका तस्वीर प्रदर्शनीमा राखिएको हो ।

ती तस्वीर धनकुटा नगरपालिका–७ का फोटो संकलक सुरेन्द्र आठपहरियाले संकलनन गरेका हुन् । ती तस्वीरसहित धनकुटा जिल्लाका ८९ महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको तस्वीर प्रदर्शनीमा राखिएको महासंघ शाखाका अध्यक्ष कविराज घिमिरेले जानकारी दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट