लन्डनमा नेपाली फिल्म फेस्टिभल

रंग नेपाल २०७९ माघ ५ मा प्रकाशित

काठमाडौं । विश्व बजारमा नेपाली फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेलायतको राजधानी लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल, २०२३’ आयोजना हुने भएको छ । थर्ड आईले आगामी १८ देखि २५ फेब्रुअरीसम्म फेस्टिभल आयोजना गर्न लागेको हो ।

फेस्टिभलमा १ दर्जन हाराहारी नेपाली फिल्म देखाइनेछ । हलमा रिलिज भएका तर युट्युबमा नआइसकेका फिल्महरूलाई छनोट गरी फेस्टिभलमा देखाइने थर्ड आईका निर्देशक विकास देवकोटाले बताए । विकासका अनुसार ‘जीवन काँडाकी फूल’, ‘प्रकाश’, ‘झिँगेदाउ’, ‘प्रेम गीत ३’लगायत फिल्म फेस्टिभलका लागि छनोट भइसकेका छन् । ‘नेपालीमा के–कस्ता फिल्म बनिरहेका छन् भन्नेबारेमा प्रवासी दर्शकलाई थाहा दिन जरुरी छ । त्यसैले नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म छनोट गरेका छौँ’, विकासले भने ।

फेस्टिभलका लागि नेपालबाट १ दर्जनभन्दा बढी कलाकार लन्डन पुग्नेछन्, जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डीसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मा लगायत छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट