‘चाँहिदैन भो पैसाको थुप्रो नि’ सार्वजनिक

रंग नेपाल २०७९ माघ ४ मा प्रकाशित

काठमाडौं । गायक सुदन गैरेको सुमधुर स्वरमा सजिएको ‘चाँहिदैन भो पैसाको थुप्रो नि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली समाजको यथार्थलाई समेटेर तयार पारिएको यस गीतमा पैसा कमाउनकै लागि विदेशिनु पर्दैन, विदेशजाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने भन्ने भाव व्यक्त गरिएको छ ।

गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ ।

गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्। भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन् । फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो ।

भिडियो ‘राइट ट्युन इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट