काठमाडौं, ३ माघ । बलिउड अभिनेता शाहरुख खान आफ्नो आगामी फिल्म पठानको प्रमोशनको लागि दुबईमा छन् ।
शनिबार विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा फिल्मको ट्रेलर देखाइएको छ । प्रमोशनल कार्यक्रममा शाहरुखले झुमे जो पठान गीतबाट पठान हुकस्टेप पनि प्रदर्शन गरेका थिए । उनका फ्यानहरुले दुबईका उक्त भिडियो र तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
सिद्धार्थ आनन्द द्वारा निर्देशित पठानमा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष रानाको पनि अभिनय रहेको छ । फिल्म यहि २५ जनवरीमा विश्वव्यापी प्रदर्शन हुँदै छ ।