‘मेरो प्यारो डडेल्धुरा’ सार्वजनिक

रंग नेपाल २०७९ पुष २९ मा प्रकाशित

काठमाडौं । गायक भोजराज भट्टको ‘मेरो प्यारो डडेल्धुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डडेल्धुराका रमणीय ठाउँ व्याख्या गर्दै मायालुलाई त्यहाँको पर्यटकीय स्थलमा घुम्न जाने प्रस्ताव राखेको कुरा गीतमा समावेश गरिएको छ ।

गीतमा गायक भट्ट र गीता रोकायाले संगीत भरेका छन् भने रचना भानुभक्त जोशीले गरेका हुन् । गीतमा गायक भट्ट र लक्ष्मी आचार्यको अभिनय रहेको छ । गीतको संगीत संयोजन विनोद बडूले गरेका हुन् भने मिक्सिङमा मनोज डङ्गोल रहेका छन् । गीतको दृश्य सम्पादन अमन बडूले गरेका हुन् ।

https://www.youtube.com/watch?v=tkkisoPqYxg

धेरै पढिएका

पछिल्ला अपडेट