कलाकार संघद्वारा दुई सांसदलाई सम्मान

रंग नेपाल २०७९ पुष २९ मा प्रकाशित

काठमाडौं । पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा नेपाल चलचित्र कलाकार संघले सो संघका सल्लाहकार एवं अभिनेता मदुकुमार श्रेष्ठ र मानार्थ सदस्य एवं अभिनेता रोज राणालाई बुधबार काठमाडौंमा एक समारोहबीच सम्मान गरेको छ । हालै सम्पन्न प्रदेशसभाको निर्वाचनमा मदुकुमार श्रेष्ठ धादिङबाट बाग्मती प्रदेश सदस्यमा र रोज राणा लुम्बिनी प्रदेश सदस्यमा विजयी भएका थिए ।

कलाकार संघका सल्लाहकार र मानार्थ सदस्यले प्रदेशसभा सदस्यका रूपमा विजयी हासिल गरेर कलाकारको गरिमालाई उच्च बनाएको भन्दै सांसद द्वयलाई सम्मान गरिएको संघका अध्यक्ष रविन्द्र खड्काले कार्यक्रममा बताए, ‘अब हामी कलाकारका समस्या आगामी दिनमा हाम्रो सांसदबाट सम्बोधन हुनेमा विश्वस्त छौं,’ खड्काले भने । लुम्बिनी प्रदेशका सांसद तथा अभिनेता रोज राणाले आफूहरू प्रदेशसभामा भए पनि प्रतिनिधिसभासम्म नेपाली चलचित्र उद्योग र कलाकारको समस्यालाई उठाउनपछि नपर्ने बताए । उनले अहिलेलाई आफू प्रदेश सांसद भए पनि चलचित्रको कलाकार नै रहेका उनले जिकिर गरे ।

यस्तै, अर्का अभिनेता तथा प्रदेश सांसद मदुकुमार श्रेष्ठले आफूहरूलाई सम्मान गरेको संघलाई धन्यवाद दिँदै आफूहरूमाथि कलाकार संघको सहयोग र योगदानलाई कहिल्यै नभुल्ने बताए । आफू सांसद भए पनि चलचित्रमा अभिनय र निर्माणलाई निरन्तता दिने पनि उनले जिकिर गरे ।

धेरै पढिएका

पछिल्ला अपडेट