ममता मैनालीको ‘यति चोखो माया’ सार्वजनिक

रंग नेपाल २०७९ पुष २८ मा प्रकाशित

काठमाडौं । गायिका ममता मैनालीको ‘यति चोखो माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मकवानपुर हेटौंडाको सेरोफेरोलाई समेटेर तयार पारिएको उक्त गीतमा आवाज गायिका स्वयं ममता मैनाली र राजु सापकोटाको रहेको छ । चोखो मायामा घात गरे पाप लाग्ने कुरा गप्तमा देखाउन खोजिएको छ ।

राजु बिरही सापकोटाको शब्द/संगीतमा रहेको सो गीतमा अभिनय पनि स्वयं सापकोटा र जुना कार्कीको रहेको छ भने भिडियोलाई कोरियोग्राफी राजाराम सिम्खडा र निर्देशन मिलन श्रेस्ठले गरेका हुन् ।

सन्तोष चौलागाइले छायाँकन गरेको उक्त गीत रोशन धितालले सम्पादन गरेका हुन् भने गीतलाई मिलन फिल्मसबाट सार्वजनिक गारिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट