बलिउड अभिनेत्री मलाइका काठमाडौंमा

रंग नेपाल २०७९ पुष २८ मा प्रकाशित

काठमाडौं ।  बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छिन् ।

नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिन मलाइका काठमाडौं आएकी हुन् । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने कार्यक्रममा मलाइकाले नेपाली पोशाक र गरगहनाका लगाएर र्‍याम्प गर्नेछिन् । मलाइकाले आफूलाई नेपाल आउन पाउँदा खुशी लागेको बताएकी छिन् ।

रत्न तथा आभूषण प्रदर्शनीको हिस्सा बन्न पाउँदा खुसी लागेको भन्दै मलाइकाले नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको बताइन् । नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो । एक्स्पो पुस २९ देखि माघ १ गतेसम्म हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट