‘दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०७९ पुष २७ मा प्रकाशित

काठमाडौं । युवा गायक रोनित खालिङ राईको स्वरमा समावेश ‘दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पप शैलीको यस गीतलाई गायक राई, पेम्बा र आकाशले मिलेर लेखेका हुन् । गीतलाई पेम्बा र आकाशले संगीत संयोजन गरेका हुन् ।

‘यदि केहि गर्न लायक काम छ भने, आफ्नो सम्पूर्ण हृदयले गर्नुहोस्’ भन्ने भनाईलाई आधार मानेर तयार पारिएको भिडियोको कथामा एउटा युवाले अनाथालयलाई सहयोग गर्नको लागि गरेको प्रयास र यात्रालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।

ग्रे म्याटर फिल्म्सको प्रस्तुति रहेको यस भिडियोमा स्वयम गायक रोनित खालिङ राई र तेन्जिन डोल्मा बज्राचार्य फिचर्ड छन् ।

विकास रंजितकारको छायाँकन र सम्पादन रहेको यस भिडियोलाई दिवेज शाहको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक राईको युट्युव च्यानल ‘रोनित खालिङ राई अफिसिएल’ मार्फत सार्वजनिक भएको हो ।

यसअघि गायक राईको स्वरमा ‘सम्बन्ध’, ‘प्रतिबिम्ब’ लगायत गीतहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट