चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा कपिल खड्का

रंग नेपाल २०७९ पुष २६ मा प्रकाशित

हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा कपिल खड्का सर्वसम्वत चयन भएका छन् ।

सोमबार हेटौंडामा सम्पन्न संघको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको हो ।

संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा, सहसचिवमा दिपेश दाहाल चयन भएका छन् । यसैगरी संघको सदस्यहरुमा दर्शन क्षेत्री, मञ्जु मैनाली, सन्नु रिजाल, प्रवेश धिताल चयन भएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट