गुजरातमा चङ्गा महोत्सव

रंग नेपाल २०७९ पुष २५ मा प्रकाशित

अहमदाबाद । गुजरातमा अन्तरराष्ट्रिय चङ्गा महोत्सव शुरु भएको छ ।

मुख्यमन्त्री भूपेन्द्र पटेलले आइतवार अहमदाबादमा सो महोत्सवको उद्घाटन गरेका हुन् ।

यस वर्ष अन्तरराष्ट्रिय काइट फेस्टिभल जी-२० को विषयवस्तुको साथ आयोजना गरिनेछ र यो जनवरी ८ देखि १४ सम्म चल्नेछ । कोभिड १९ महामारीका कारण दुई वर्षको अन्तरालपछि यो कार्यक्रम आयोजना गरिएको हो ।

उद्घाटनका क्रममा मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको रक्षा प्रणाली र डिजिटल अर्थतन्त्र दिनप्रतिदिन बलियो हुँदै गएको र भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको बताएका छन् ।

आफ्नो संस्कृति आदानप्रदान गर्न आयोजित अन्तरराष्ट्रिय चङ्गा महोत्सव को उद्घाटनमा जी-२० देशका प्रतिनिधिहरूलाई आमन्त्रित गरिएको छ । एजेन्सी

धेरै पढिएका

पछिल्ला अपडेट