बैंकिङ करिअरबाट बाहिरिएकी रविनाले गरिन् प्रेमीको तस्वीर सार्वजनिक

रंग नेपाल २०७९ पुष १६ मा प्रकाशित

काठमाडौं । बैंकिङ करिअरबाट बाहिरिएकी रविना देशराज श्रेष्ठले आफ्ना प्रेमीको तस्वीर सार्वजनिक गरेकी छन् ।

एक साता अघि मात्रै मेगा बैंकबाट स्वेच्छिक अवकाश लिएकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविनाले सामाजिक सञ्जालमार्फत आफ्ना प्रेमीको तस्वीर सार्वजनिक गरेकी हुन् ।

May be an image of 2 people and outdoors

‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन् । मेरा पुर्खाहरू र ब्रह्माण्डको आशीर्वादका कारण मैले एकदमै दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु । रविनाले भनेकी छन्, यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।’

May be an image of 2 people and outdoors

बैंकिङ क्षेत्रमा राम्रो अनुभव बटुलेर इन्टरनेशनल अवार्डसमेत पाउन सफल रविना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासूआमा समेत हुन् । रविनाले आफूलाई सबैले शुभकामना दिनेमा आशा रहेको समेत उल्लेख गरेकी छन् ।

तस्वीरहरु: रविना देशराज श्रेष्ठको फेसबुकबाट

धेरै पढिएका

पछिल्ला अपडेट