अनिला श्रेष्ठ वर्ल्ड अफ रेकर्डस लण्डनको ‘एक्सिलेन्स’ अवार्डबाट सम्मानित

रंग नेपाल २०८१ असोज २३ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय पेजेन्ट कोच अनिला श्रेष्ठ वर्ल्ड बुक अफ रेकर्डस लण्डनको ‘एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएकी छन् ।

राजधानीमा आयोजित एक समारोहकाबीच उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा उनलाई अवार्ड नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले प्रदान गरिन् । श्रेष्ठलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीतामा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै यो अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रका करिब दर्जन बढी व्यक्तिले यो अवार्ड प्राप्त गरे । अवार्ड प्राप्त गर्नेमा अभिनेताी चैत्यदेवी सिंह, संगीतकार दीपक जंगम, हार्माेनियम माष्टर बिमल शाहलगायत विभिन्न व्यक्तिहरु रहेका थिए ।

श्रेष्ठले केही समय दिन पहिले आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२४’मा नेपालको प्रतिनिधित्वका लागि काठमाडौंमा ‘मिस एण्ड मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’ छनौट गरेकी छन् ।

विभिन्न सौन्दर्य प्रतियोगीतामा सहभागी जनाउँदै उत्कृष्ट स्थान हासिल गर्दै नेपालमा थुप्रै अन्तर्राष्ट्रिय उपाधि भित्र्याउन सफल श्रेष्ठ २००५ देखिनै फेसन शो र सौन्दर्य प्रतियोगीतामा सक्रिय छिन् ।

थुप्रै अन्तराष्ट्रिय प्रतियोगीताको कोरियोग्राफी अनुभव भएकी उनी दुबईमा आयोजना भएको ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ मा निर्णायकको रुपमासमेत सहभागी थिइन् । अनिला ग्रिन आर्ट मिडियाबाट विभिन्न प्रतियोगीता आयोजना गर्दै आइरहेकी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट