तुलसी घिमिरेको फिल्म ‘पहाड’मा विपिन कार्कीले गाए र्‍याप

रंग नेपाल २०८१ असोज २१ मा प्रकाशित

काठमाडौं । दर्जनौ हिट फिल्म दिनुभएका निर्देशक तुलसी घिमिरेले बनाउन लागेको नयाँ फिल्म ‘पहाड’को एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन् ।

आइतबार काठमाडौंको महाराजगञ्जमा रहेको भेनस रेकर्डिङ स्टूडियोमा विपिनले पहाडको एक गीतमा र्‍याप भरेका हुन् । तुलसी घिमिरेका ससुरासमेत रहेका वरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीतमा विपिनले पहाडका लागि र्‍याप गीत गाएका हुन् । गीत निर्देशक घिमिरेले लेखेका हुन् ।

घिमिरेकाअनुसार यो गीतमा भारती घिमिरे र अन्य एक गायकको पनि स्वर रहनेछ । फिल्ममा जम्म चार वटा गीत रहनेछ ।

आगामी तिहार लगत्तै छायाँकनमा निस्किने पहाडमा विपिन कार्कीसहित मदनकृष्ण श्रेष्ठ, सुनील थापालगायत चिरपरिचित कलाकारहरु खेल्ने निश्चित भइसकेको छ । यो फिल्मबाट सप्राईज रुपमा अर्का एक चलेका अभिनेता र एक नवअभिनेत्रीको आगामन पनि हुने निर्देशक घिमिरेको भनाई छ ।

५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा छायाँकन हुने यस फिल्मको बाँकी ५० प्रतिशत छायाँकन भने मुम्बईमा हुनेछ । प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेका निर्देशक घिमिरेलेलाई प्रोडक्सन डिजाइनर भएर जेठी छोरी भावनाले सघाइरहेकी छिन् ।

‘मैले पहिले छड्के फिल्ममा पनि गीत गाएको थिएँ तर वर्षौ पछि फेरि गीत गाउँदा अझै मज्जा आयो । हिन्दी र नेपाली शब्द मिसाईएको गीतको लिरिक्स सुन्दा कठिन होला कि जस्तो लागेको थियो तर गाउँदै जाँदा सजिलै गाएँ ।’ गीत रेकर्डिङ भइसकेपछि विपिनले प्रतिक्रिया दिएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट