गायिका गीता पाण्डेको ‘चाहेको बाटो’ गीत सार्वजनिक

रंग नेपाल २०८१ भदौ ३० मा प्रकाशित

काठमाडौं । गायिका गीता पाण्डेको स्वर रहेको ‘चाहेको बाटो’ गीत सार्वजनिक भएको छ । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को शब्दमा शुभबहादुर सुनामको संगीत, देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वर रहेको छ ।

वरिष्ठ गीतकार कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् । वरिष्ठ संगीतकार सुनाम ५५ वर्षदेखि सुनाम नेपाली संगीतमा सक्रिय थिए ।

स्याक्सोफोनमा उनको विशेष दख्खल थियो । उनले अघिल्लो पुस्ताका नारायण गोपाल, तारा देवी, प्रेमध्वाज प्रधानदेखि अहिलेका नयाँ पुस्ताका गायिका गीता पाण्डेलगायतसँग काम गरेका सफल गीतकार, रचनाकार र एरेन्जर पनि हुन् ।

‘चाहेको बाटो’ गीतलाई म्युजिक भिडियोमा उतारिएको छ । म्युजिक भिडियोलाई पूजा ठकुरीले निर्देशन साथै एडीट साङ्ग्रिला क्रिएसनले गरेका छन् । गायिका गीता पाण्डे र दिनेश कडायतले गीतमा अभिनय गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट