नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

रंग नेपाल २०८१ भदौ ३० मा प्रकाशित

काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ ।

नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि शिफारिस हुने निश्चित बनेको हो ।

आवेदन दिने बिहीबार अन्तिम मिति रहेको र शाम्बाला बाहेक अन्य कुनैपनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ ।

नेपालको छनोट समितिले फिल्मलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ ।

ओस्कार अवार्डको ९७औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ ।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवसमेत प्रदर्शन भएर प्रशंसा बटुलेको ‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट