गायक महेश र गायिका अस्मिताले गरे इन्गेजमेन्ट

रंग नेपाल २०८१ असार ७ मा प्रकाशित

काठमाडौं । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् ।

आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

‘सहयात्राको यो सुरुआत’ भन्दै उनले लेखेका छन्, ‘वी आर इङगेज्ड ! आई लभ यू’ भन्दै महेशले अस्मितासँगका तस्वीर उनलाई ट्याग गरेका छन् ।

उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन् । केही गीतमा सहकार्यसमेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो ।

उनीहरुले केही चर्चित गीत सँगै गाएका पनि छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट