हिरो हिरोइन विस्थापित भएर कथा हिरो भएको समय हो : रेखा थापा

रंग नेपाल २०८१ माघ २६ मा प्रकाशित

काठमाडौं । नायिका रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नहुने बताएकी छन् । शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा हिजोका हिरो, आजका हिरो सेसनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।

‘पर्दामा देखिनु मात्र हिरोइजम होइन । हिरोले समाजमा आशा लेखाउँछ । हिरोले समाजिक रुपमान्तरणमा कति काम गर्‍यो भन्ने पनि हेरिनुपर्छ,’ उनले भनिन् । हिरो कुनै समयको नभएर सधैँका लागि हुने र त्यो योगदानले मात्र सम्भव भएको उनले बताइन् ।

उनले पुरुष प्रधान फिल्म बनिरहेको अवस्थामा आफूले हिम्मत गरेर आफैँ चलचित्र निर्माण गर्ने हिम्मत जुटाएको बताइन् । नायिका थापाले अहिलेको समय फिल्ममा व्यक्ति नभइ कथा हिरो भइरहेको बताएकी छन् । ‘पहिले लिड रोलमा काम गर्नेलाई मात्रै हिरो भनिन्थ्यो । अहिले परिभाषा बदलिएको छ । अहिले चरित्र हो, यो कथा हिरो भइरहेको समय हो । अब हिरो हिरोइन विस्तापित भएको जस्तो लाग्छ,’ उनले भनिन् ।

पछिल्लो समय समाजको हिरोलाई हेर्ने दृष्टिकोण फरक भएको उनले बताइन् । भूकम्पको समयमा आफू डराउँदा मानिसले हिरोलाई पनि डर लाग्छ र भनेर प्रश्न गर्दा यस्तो परिस्थितिमा पनि आफूहरूले जोगिएर संरक्षणात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन् । थापाले पछिल्लो समय नेपाली फिल्म हेर्ने पुस्ता घट्दै गएको बताइन् । उनले नेपाली फिल्मलाई माया गर्न आग्रहसमेत गरेकी छन् । उनले नयाँ पुस्तालाई संरक्षण गर्न आग्रहसमेत गरेकी छन् ।

यस्तै, नायक नाजिर हुसेनले सामान्य मान्छेमा सहयोगी भाव भए समाजका लागि त्यो नै हिरो हुने बताए । ‘बाटो काट्दै गरेकी वृद्ध आमालाई बाटो काट्न सघाउने मानिस नै उहाँका लागि हिरो हो ।’ त्यसैले कलाकारले पनि समाजिक क्षेत्रमा काम गर्नुपर्ने उनले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट