काठमाडौं । कुनै समयका भाइरल बाल गायक सचिन परियानको निधन भएको छ ।
सचिनको उपचारका क्रममा आज बिहान १० बजे टिचिङ अस्पतालमा निधन भएको स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । सचिनको उपचारका लागि ठूलो सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारले संकलित रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।
सचिनले केही लोकदोहोरी गीत समेत गाएका छन् । भिडियो एवं टेलिसिरियलमा समेत अभिनय गरेका उनले अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियो खेलेका छन् ।
पछिल्लो केही वर्षयता उनी गायनमा सक्रिय थिएनन् ।