काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।
चलचित्रको वल्र्ड प्रिमियर मंसिर २३ गते हङकङमा हुने निर्माण पक्षले जानकारी दिएको छ । प्रिमियरमा अञ्जिलासँगै चलचित्रका निर्देशक मिलन चाम्स सहभागी हुने छन् ।
हङकङमा प्रिमियर गरेपछि चलचित्र बेलायत, अमेरिका, अस्ट्रेलिया र जापानमा प्रदर्शन हुने निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी दिए । नेपालमा भने फागुन २९ गते चलचित्र प्रदर्शनमा आउने भएको छ ।
चलचित्रमा अञ्जिला आफैँ मुख्य भूमिकामा देखिएकी छन् भने सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको पनि अभिनय रहेको छ । निर्माता श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।
चलचित्रको छायांकन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठको रहेको छ ।