काठमाडौं । अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन् ।
दरबारमार्गस्थित आवरण स्कीन एण्ड हेयर क्लिनिकमा सर्जन डा. रुपक घिमिरेले निखिलको नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् । आधुनिक प्रविधि र विशेषज्ञहरुको निगरानीमा निखिलले कपाल रोपेका हुन् ।
फिल्मको छायांकनमा जादाँ लाइट, क्म्यामेराको किरणसँसंगै विभिन्न केमिकल, मेकअपका सामाग्री, धुवा, धुलो, घाम, पसिना आदिका कारण आफ्नो कपालमा समस्या देखिएको निखिलले सुनाए ।
डा. घिमिरेसँग हेयर कन्सल्ट गरिरहेका निखिल भन्छन्- आवरणमा अनुभवी सर्जन डा.हरुसँगै उच्चतम प्रविधि उपलब्ध भएका कारण आफू हेयर ट्रान्सप्लान्ट गर्न तयार भएँ ।
हेयर ट्रान्सप्लान्ट गरेका निखिल अबको ६ महिना पछि नयाँ हेयरका साथमा पर्दामा फर्किनेछन् । आवारण बजारमा रहेका अन्य हेयर ट्रान्सप्लान्ट क्लिनिकहरु भन्दा सर्भसुलभसमेत रहेको बताएका छन् ।