चलचित्र ‘खुस्मा’ आजबाट प्रदर्शनमा

रंग नेपाल २०८१ असोज ३ मा प्रकाशित

काठमाडौं । उपासना सिंह ठकुरी र धिरज मगर अभिनित फिल्म ‘खुस्मा’ प्रदर्शनमा आएको छ । संविधान दिवसको अवसरमा यो फिल्म आजदेखि नेपालभर प्रदर्शनमा आएको हो ।

आज अन्य नेपाली फिल्म प्रदर्शन नहुँदा यस फिल्मले सोलो रिलिजको मौका पाएको छ । यसअघि असोज ३ का लागि नीता ढुंगानाको ‘ह्रस्वदीर्घ’ र सुशील श्रेष्ठको ‘आउट ल’ डेट तोकिएको थियो । तर, पछि दुबै फिल्म सरेपछि खुस्मालाई फाइदा पुगेको छ ।

मगर समुदायको कथामा आधारित यस फिल्मले नेपालका मल्टिप्लेक्स हलहरुमा सुखद शो पाएको छ । यो फिल्म अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको हो ।

फिल्ममा सशस्त्र–माओवादी द्धन्द्वकालमा अकुंराएको प्रेमकथालाई समेटिएको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायतका कलाकारको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट