रहेनन् पाँच दिनअघि मिस्टर काठमाडौं जितेका प्रकाश

रंग नेपाल २०८१ असोज २ मा प्रकाशित

काठमाडौं । बडी विल्डर प्रकाश राईको निधन भएको छ । उनको आज बिहान हृदयघातबाट मृत्यु भएको हो ।

४५ वर्षीय राईलाई हृदयघात भएपछि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषित गरेको हो । उनले पाँच दिनअघि मात्रै काठमाडौंको दशरथ रंगशालामा आयोजित बडी विल्डिङ च्याम्पीयनसीपमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए ।

मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै मिस्टर काठमाडौं जितेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट