नेशनल किड्स अफ दि इयरका प्रतियोगीले देखाए ट्यालेन्ट

रंग नेपाल २०८१ भदौ २० मा प्रकाशित

काठमाडौं । छैठौँ ‘नेशनल किड्स अफ दि इयर २०२४’का ६० प्रतियोगीले आफुमा रहेको विभिन्न ट्यालेन्ट देखाएका छन् । होटल मल्लमा आयोजित ‘ट्यालेन्ट’ राउण्ड’अन्तर्गत उनीहरुले नृत्य, गायन, वक्तृत्वकला, प्रहसनलगायतका विभिन्न कला प्रस्तुत गरेका हुन् । ट्यालेन्ट शो नेपाली कलासंस्कृतिमा केन्द्रीत गरिएको थियो ।

ट्यालेन्ट राउण्डको निर्णायमा गायक निर्णय श्रेष्ठ, गायक कमल खत्री, अभिनेता अमित गिरी, नृत्य निर्देशक संगीता श्रेष्ठ, क्लासिकल डान्सर सिता सुवेदी र सेक्सोफोन मास्टर सन्दीप कार्की रहेका थिए । ट्यालेन्ट राउण्डको विजेता फाइनल प्रतिस्पर्धामा घोषणा गरिनेछ ।

सिनियर र जुनियर गरेर दुई क्याटवरी रहेको प्रतियोगीतामा जुनिएरमा कक्षा १ देखि ४ सम्म र सिनिएमा ५ देखि ८ सम्म अध्यायनरत छात्रछात्रा छन् । सिनियरमा २० र जुनियरमा ४० प्रतियोगी रहेका छन् । उपत्यकाका थुप्रै स्कुलका बिद्यार्थीहरु सहभागी छनौट चरणको अडिसनबाट प्रतियोगी छानिएका हुन् । यी प्रतियोगीतामा २५ स्कुलको प्रतिनिधित्व रहको आयोजकले जनाएको छ ।

इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टको आयोजनामा रहेको प्रतियोगीताको प्रतियोगी अहिले फाइनल स्पर्धाका लागि प्रशिक्षणमार्फत आफुलाई निखारिरहेका छन् । प्रशिक्षणको क्रममा सोफिया महर्जन कार्कीले पब्लिक स्पिज, स्वस्तिका राजभण्डारीले पुर्सनल डेभबलमेन्ट, अशान्त शर्मा अभिनय, लीजा श्रेष्ठले नृत्य प्रशिक्षक रहेका छन् । लीजा श्रेष्ठ आयोजक इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टको एमडी हुन् । प्रशिक्षणको क्रममा समय समयमा सेलिब्रेटी, मिडिया पर्सनबाट पनि प्रशिक्षण हुँदै आएको छ ।

असोजको दोस्रो साता फाइन हुने प्रतियोगीतामा सिनियर र जुनियर गरेर दुई शिर्ष विजेता सहित बिभिन्न उप–बिधामा समेत विजेता छानिनेछन् । शिर्ष दुई विजेताले नगद २५ हजार,अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा सहभागी अवसरको अलवा विभिन्न गिफ्ट प्राप्त गर्नेछन् । अन्य विजेताले पनि बिभिन्न गिफ्टहरु प्राप्त गर्नेछन् ।

बच्चाहरुलाई नेपाली कल्चरको जानकारीसहित उनीहरुको प्रतिभा निखार्दै भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले प्रतियोगीता आयोजना हुँदै आएको आयोजक इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टका प्रमुख धिरज तन्डुकारले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट