ओलम्पिक पदक विजेता पलेशाको विमानस्थलमा भव्य स्वागत

रंग नेपाल २०८१ भदौ १९ मा प्रकाशित

काठमाडौं । पेरिस पारा ओलम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन काठमाडौं आइपुगेकी छन् ।

पेरिसमा ओलम्पिक २०२४को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले कास्य पदक जितेकी थिइन् ।

पलोशासहित नेपाली टोलीलाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो ।

पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट