तीजमा अनावश्यक तडकभडक नगर्न प्रशासनको आग्रह

रंग नेपाल २०८१ भदौ १३ मा प्रकाशित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आउँदै गरेको तीज मनाउनेक्रममा अनावश्यक तडकभडक नगर्न आग्रह गरेको छ ।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम सञ्चालन नगर्न आग्रह गरेको हो । साथै, प्रशासनले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरी कानुनअनुसार कारबाही हुने स्पष्ट गरेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट