आइसीसी महिला टी-२० विश्वकप बंगलादेशबाट युएई सारियो

रंग नेपाल २०८१ भदौ ५ मा प्रकाशित

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप क्रिकेट, २०२४ युएईमा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको विश्वकप त्यहाँ भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी प्रतिबन्ध र सुरक्षाका कारण युएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले जनाएको छ ।

प्रतियोगिता आगामी असोज १७ देखि कात्तिक १४ गतेसम्म युएईको दुबई र शारजाहमा हुने जनाइएको छ । आइसीसीले प्रतियोगिताको आयोजनास्थल मात्र बंगलादेशबाट युएईमा सरेको भन्दै आयोजक बंगलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।

यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलङ्का रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट