रहेनन् लोकगायक एलपी जोशी

रंग नेपाल २०८१ साउन ११ मा प्रकाशित

काठमाडौं । वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ ।

झापाको विर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वि.सं. १९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशी बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका थिए । उनको झापाको दमकस्थित घरबाट अस्पाल लानेक्रममा बाटोमै निधन भएको हो । उनी लामो समयदेखि मधुमेहका बिरामी थिए ।

उनका ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ सहितका लोक गीत निकै चर्चित छन् । जोशीको आजै झापाको कन्काई नदीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट