मदन पुरस्कारका लागि पाँच कृति छनौट

रंग नेपाल २०८१ साउन ९ मा प्रकाशित

काठमाडौं । मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनौट गरिएको छ ।

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’का लागि भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’को सन्त्रासका साठी दिन कृतिहरू छनौट गरेको जानकारी दिएको छ । यी मध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।

मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएको गुठीले जानकारी दिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट