गायक खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको खबर झुटो हो

रंग नेपाल २०८१ साउन ८ मा प्रकाशित

काठमाडौं । पाकिस्तानी गायक राहत फतेह खानले दुबईमा आफू गिरफ्तार भएको खबर झुटो भएको दाबी गरेका छन् ।

राहतले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफू गिरफ्तार भएको झुटो खबर फैलाइएको भन्दै खबरमा विश्वास नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘मेरो अनुरोध छ की यस्ता खबरमा विश्वास नगर्नु होला, म छिटै देश फर्किने छु । मैले सधै जस्तै मेरा उत्कृष्ट गीतले तपाईंहरुको मनोरञ्जन गरिरहने छु ।’

यसअघि राहतका पूर्वप्रबन्धक सलमान अहमदको उजुरीमा दुबईमा प्रहरीले हिरासतमा लिएको बताइएको थियो । राहतको सलमानसँगको विवाद केही वर्षदेखि नै चलिरहेको थियो ।

गायक राहत पटक-पटक विवादमा आइरहन्छन् । यसअघि उनले एक व्यक्तिलाई जुत्ताले हानेको भिडियो भाइरल भएको थियो भने उनलाई २०१९ मा विदेशी मुद्रा स्मलिंग गरेको आरोप लागेको थियो ।

पाकिस्तानी गायक राहत बलिउडमा गाएका चर्चित गीतका लागि परिचित छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट