‘फर्की फर्की’मा अनमोलको पारिश्रमिक ५० लाख, साढे सात लाख कर बुझाए

रंग नेपाल २०८१ साउन १ मा प्रकाशित

काठमाडौं । अभिनेता अनमोल केसीले चलचित्र ‘फर्की फर्की’ चलचित्रमा ५० लाख पारिश्रमिक लिएका छन् ।

उनले आफूले प्राप्त गरेको पारिश्रमिक बापत सरकारलाई ७ लाख ५० हजार कर तिरेका छन् ।

‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले केसीले तिरेको करको रसिद सार्वजनिक गरेका हुन् ।

अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन् । अनमोलले पहिलो पटक आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेका हुन् ।

यसअघि कुनै पनि कलाकारले कर तिरेको सार्वजनिक गरेका छैनन् । जेठ १० गतेबाट रिलिजमा आएको फर्कि फर्किले विश्वव्यापी बजारमा आक्रामक कमाई गरेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट