डकुड्रामा ‘हामी छौं’को दुई पोस्टर रिलिज

रंग नेपाल २०८१ असार २० मा प्रकाशित

काठमाडौं । सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा गरिएको डकुड्रामा ‘हामी छौं (सिजन १)’को दुई पोस्टर रिलिज भएको छ । डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

सार्वजनिक एक पोस्टरमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् । पोस्टरमा सलिनाले आफ्नो चप्पललाई काँधमा लौरोको सहारामा अड्याएकी छन् भने आर्यनले पनि त्यसैगरी जुत्तालाई लौरोमा राखेर काँधमा अड्याएका छन् । कुनै एक खोलामा उनीहरुलाई प्रफुल्लित मुद्रामा देख्न सकिन्छ ।

त्यस्तै, अर्को पोस्टरमा सलिना र आर्यनलाई मोटरसाइकलको अगाडि बसेको र त्यसकै छेउमा रोपाईमा रमाएको देख्न सकिन्छ । पोस्टरमा डकुड्रामामा खिचिएका दृश्यहरुको स्टिल तस्वीरलाईसमेत स्थान दिइएको छ । पोस्टरका तस्वीरमा गाम्रीण जनजीवनलाई देख्न सकिन्छ ।

आगामी दशैंमा ओटिटी प्लेतफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायतको अभिनय छ ।

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो । डकुड्रामामा रामजी राउतको निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

डकुड्रामा अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट