गायिका सुमी पराजुलीले जितिन् ‘सर्वोत्कृष्ट लोक पप गायन महिला’ अवार्ड

रंग नेपाल २०८१ असार १९ मा प्रकाशित

काठमाडौं । गायिका सुमी पराजुलीले ‘सर्वोत्कृष्ट लोक पप गायन महिला’ अवार्ड प्राप्त गरेकी छन् ।

थाइल्याण्डको बैंककमा सम्पन्न सगरमाथा म्युजिक अवार्ड २०८१ मा उनले सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड जित्न सफल भएकी हुन् ।

उनले ‘चुम्मा चपक्कै’ गीतबाट अवार्ड हात पारेकी हुन् ।

गायिका पराजुलीको यो तेस्रो अवार्ड हो । उनका एक दर्जन गीत चर्चित छ ।

धेरै पढिएका

पछिल्ला अपडेट