‘कलेजी कटाउन्या माया’को नयाँ भर्जन सार्वजनिक

रंग नेपाल २०८१ असार १७ मा प्रकाशित

काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युट्युव च्यानल ‘नेपमेलो’बाट सार्वजनिक गरिएको हो ।

भिडियोमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडको कथा छ। लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले म्यूजिक भिडियोको दुनियाँमा आफ्नो छुट्टै छाप छाडेकी छिन् ।
उनले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसँग दर्जनौं म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन् । ‘कलेजी कटाउन्या माया’ मा पनि कविताले साच्चिकै लोभलाग्दो र प्रशंसायोग्य काम गरेकी छिन् ।

त्यस्तै, जोन र चक्र बम पनि अहिलेका चर्चित मोडल हुन। चक्र भने मोडल संगसंगै गायनमा पनि सक्रिय छन् ।

गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको गीत र भिडियो राम्रो बनेको छ । भिडियोमा कलाकारहरुको काम तारिफयोग्य छ । गीत आजभन्दा करिव १० वर्ष अगाडि गायक तथा संगीतकार महेश कुमार औजीले बजारमा ल्याएका थिए । सार्वजनिक भएपछि गीतको खुबै चर्चा भयो ।

विशेषगरी, सुदुरपश्चिमका नौ जिल्लाहरुमा यो गीतले धेरै नै चर्चा कमाएको थियो । गीतले दर्शकको अपार सफलता र माया पाएपछी गायक औजी र थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याएका हुन् ।

गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन् । गीतलाई पनि दर्शकले मन पराउने र उस्तै साथ दिनेमा महेश र बादल विश्वस्त छन् ।

कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोमा कलाकारदेखि निर्माण टिमको मेहेनत झल्किन्छ । निर्माण टिमका अनुसार भिडियो दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षण भित्र खिचिएको हो ।

भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका छन् । भिडियोको कन्सेप्ट पनि शानकै हो । निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन् ।

त्यसैगरी, मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ,सरिता मगरको मेकअप, अनुस्का डिसीको पहिरन, टौवा क्रियसनको पोस्ट डिजाईन र बुद्ध थापाको सिनेमाटोग्राफी छ ।

धेरै पढिएका

पछिल्ला अपडेट