पहिलो एग्रिकल्चर गेम रियालिटी शो ‘र’को आवेदन खुला

रंग नेपाल २०८१ असार १७ मा प्रकाशित

काठमाडौं । विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतिस्पर्धाका लागि आवेदन खुला गरिएको छ ।

शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाइँ उत्सव मनाउँदै कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगिताको आवेदन खुला गरिएको हो ।

तीनै तहका सरकारहरुसँग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी भएको छ ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको होष्ट महानायक राजेश हमाल रहेका छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन् । जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ ।

निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन् । ‘र’ एक बेजोड़ रियालिटी गेम शो हो, जुन कृषि उद्यमशिलतालाई प्रवर्दन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट