‘न मैले लेखेँ, न उनले लेखिन्’ म्यूजिक भिडिओ सार्वजनिक

रंग नेपाल २०८१ असार १७ मा प्रकाशित


काठमाडौं । मानस केसीको शब्द र हिमाल सागरको आवाजमा रहेको गीत ‘न मैले लेखेँ, न उनले लेखिन्..’ म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।

शनिरबार एक कार्यक्रमकाबीच निकेश खड्काले निर्देशन गरेको गीतको भिडिओ सार्वजनिक गरिएको हो । भिडिओमा गायक हिमाल सागरलाई नायिका केकी अधिकारीले साथ दिएकी छन् ।

भिडिओको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने भिडिओको सम्पादन साहिल खानले गरेका छन् ।

भिडिओ सार्वजनिकपछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै नायिका अधिकारीले असार १५ अर्थात दही चिउरा खाने दिनमा म्यूजिक भिडिओ सार्वजनिक गर्न पाउँदा खुसी लागेको भन्दै दही चिउराले शुभ संकेत लिएर आउनेमा विश्वास व्यक्त गरिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट