सुनिल खड्का बने कमेडी च्याम्पियन सिजन-३ को विजेता

रंग नेपाल २०८१ असार १७ मा प्रकाशित

काठमाडौं । कमेडी च्याम्पियन सिजन-३ को उपाधि सुनिल खड्काले जितेका छन् ।

शनिबार भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेका हुन् । उपाधिसँगै सुनिलले नगद २५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

यसैगरी, ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनरअप बनेकी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट